नेपाल पक्षको स्थायी कमिटी बैठकमा किन गएनन् सुरेन्द्र र योगेश ?

Swoniga Online – Rosni | २०७८ श्रावण २१, बिहिबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। 

बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा  सुरु भएको स्थायी कमिटी बैठकमा नेपालपक्षका नेताहरुको उपस्थिति रहेको छ। तर, नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने बैठकमा अनुपस्थित छन्। 

पाण्डेका पीएसओ र भट्टराईकी आमालाई कोरोना पोजिटिभ देखिएकाले उनीहरु बैठकमा उपस्थित नभएको जनाइएको छ। स्थायी कमिटी बैठकपछि आजै सोही स्थानमा केन्द्रीय कमिटी बैठक बस्ने छ।