नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ ५ बजे सकिँदै, अब के गर्ला एमालेले ?

Swoniga Online – Rosni | २०७८ आषाढ २१, सोमबार वर्गीकृत राजनीति

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन एमालेले माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम साँझ ५ बजे सकिँदैछ। १९ गतेको एमाले केन्द्रीय कमिटिको बैठकले आज ५ बजेसम्मको समय दिएको थियो।

आईतबार उपमहासचिव विष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर ओलीसँग छलफल गर्ने र पार्टी एक छ भन्ने सन्देश दिन गरेको आग्रह नेपालले अस्वीकार गरेका थिए।