नेप्सेमा पहिरो, कारोबार रकममा समेत ठुलो गिरावट

Swoniga Online – Rosni | २०७८ भाद्र २३, बुधबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको छ। 

त्यस्तै, आज कोरोबार रकममा पनि ठुलो गिरावट आएको छ । आज ६ अर्ब ६४ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूह घटेका छन् ।  

नेप्सेका अनुसार आज बजारमा ठुलो गिरावट आउँदा पनि सानिमा लाइफ इन्स्योरेन्स, एक्सल डेभलभमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४९७.४० रुपैयाँ पुगेको छ भने एक्सल डेभलभमेन्ट बैंकको ८.६० प्रतिशतले बढेर प्रतिकित्ता १०८६  रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज लाइफ इन्सुरेन्स कम्पनी, गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनीको शेयरमूलय आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।