नेप्से आज १७ दशमलव ९३ अङ्कले घटे

Swoniga Online | २०७८ पौष ५, सोमबार वर्गीकृत आर्थिक

साताको पहिलो कारोबार आज सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । दिनभर देखिएको तीव्र उतारचढावपछि देखिइको हो। नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । त्यस्तै, माउन्टेन इनर्जी नेपालको शेयर ६ प्रतिशतले र नारायणी विकास बैंक, मैलुङ खोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिवर्टी इनर्जी र छ्याङ्दी हाइड्रोको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ ।