add

नेप्से हालसम्मकै उच्च विन्दुमा : यी ७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत आर्थिक

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) २६.०२ अंकले बढेको हो ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८४ प्रतिशतले बढेर ३१११.०९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ ।

कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँको कारोबार भएको छ ।

यस्तै, जीवन विकास लघुवित्त,युनियन लाइफ इन्स्योरेन्स,घलेम्दी हाइड्रोपावर,लिभर्टी इनर्जी कम्पनी स्वालम्वन लघुवित्तको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पाँचथर पावर कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.४९५, रुरु जलविद्युत कम्पनीको १ हजार ७८, जीवन विकास लघुवित्तको रु.१ हजार २४४, युनियन लाइफको रु.३९९, घलेम्दी हाइड्रोपावरको रु.४६७, लिभर्टी इनर्जी कम्पनी रु.४९२ र स्वालम्वन लघुवित्तको रु.२ हजार २१ पुगेको छ ।