add

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ८२९ वटा नमुनाको परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।