पाँच सहमहामन्त्री पदको मतगणना आज

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष २, शुक्रबार वर्गीकृत राजनीति

नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ ।

कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । तीन सहमहामन्त्री पदको नतिजा आइसकेकाले बाँकी पाँच पदको मतगणना आज हुन लागेको हो। तीन सहमहामन्त्री पदमा महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भइ सकेको छ।

अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लष्टरमा भएको निर्वाचनको नतिजा आउन बाँकी छ ।

थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।

मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन्।