प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Swoniga Online – Rosni | २०७८ भाद्र ३, बिहिबार वर्गीकृत राजनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतावित नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक  र प्रशासनिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ।