प्रतिनिधि सभाको आजको बैठकमा सरकारले 'यर्थाथपत्र' सार्वजनिक गर्ने

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं । सरकारले मंगलवार मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधि सभाको मंगलवारको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् ।  प्रतिनिधि सभाको बैठक मंगलवार अपरान्ह् १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् ।      

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् ।

उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् ।