प्रतिनिधि सभाको बैठक बस्दै, यस्‍तो छ कार्यसूची

Swoniga Online – Rosni | २०७८ श्रावण २९, शुक्रबार वर्गीकृत राजनीति

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्‍नेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने अर्थ मन्त्री श्री जनार्दन शर्माले 'विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भन्‍ने प्रस्ताव प्रस्तुत गर्नेलगायत सम्‍भावित कार्यसूची छ ।