add

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, जसपाका माग सम्बोधनबारे छलफल

Swoniga Online – Rosni | २०७८ श्रावण ६, बुधबार वर्गीकृत राजनीति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा।सुरेन्द्र झाले जानकारी दिए ।

जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ । प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएकाले माग सम्बोधन हुने उसको अपेक्षा छ ।