बागमती प्रदेशसभाका १२ सांसदले रोजे एकीकृत समाजवादी

Swoniga Online – Rosni | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत राजनीति

काठमाडौँ । बागमती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले माधवकुमार नेपालको नेतृत्वमा केही दिनअघि दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन्।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, लक्ष्मण लम्साल,  पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल,  रमा आले मगर, कृष्ण खनाल र कुसुमकुमार कार्की रहेका छन्।

अरु सांसदहरु पनि थपिने उनीहरुको दावी छ। निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई यही भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने समय दिएको छ।