बिविध कार्यक्रमहरु सहित रजत जयन्ती मनाउँदै न्यू जेनिथ इङ्लिस मोडेल स्कुल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २६, शुक्रबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं/२५ माघ, न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउने भएको छ ।  स्कुल सञ्चालनको २५ बर्ष पूरा भएको अवसरमा यही माघ २८ गते आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम गरी मनाउने तयारी भएको स्कुलका प्रधानाध्यापक राजु महर्जनले जानकारी दिनुभयो । उक्त समारोहमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा रहने जनाइएको छ । रजत जयन्तीका अवसरमा स्कुल स्थापनादेखि हालसम्मका गतिविधिहरु तथा सांस्कृतिक कार्यक्रम हुने  जानकारी प्रधानाध्यापक राजु महर्जनले जानकारी गराउनुभयो । उहाँका अनुसार ६० भन्दा बढि विद्यार्थीहरुको म्यूजिकल ओरस्चेस्ट्रा, म्युजिकमा आधारित तेक्वाण्दो सो, स्काउट पिरामिट, गीतहरुको प्रस्तुति हुने छ ।

रजत जयन्ती समारोहमा प्याबसनका अध्यक्ष प्रेमकुमार राई, ज्यापु महागुुथी, नगर कमिटिका पञ्च नारायण महर्जन, काठमाडौं महानगरपालिका वडा १८, १७, १९, १५, २४ र २३ का वडा अध्यक्षहरु समेतको आतिथ्यता हुने जानकारी दिएको छ । प्रधानाध्यापक महर्जन आफुले  शिक्षण पेशाको ३० बर्षको अनुुभव र भोगाईमा आधारित रहेर तयार पारेको एक पुस्तक विमोचन समेत गरिने जानकारी गराउनुभयो । उक्त स्कुलमा ५ देखि २५ बर्षसम्म सेवारत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान समेत गरिने उहाँले जानकारी गराउनु भयो । वि।सं। २०५६ सालमा प्राथामिक तहमा ७४ जना विद्यार्थीबाट नर्सरी देखि कक्षा ५ सम्म सञ्चलान भएको विद्यालयले २०६१सालदेखि एसएलसी परिक्षामा विद्यार्थीहरुलाई समावेश गराउन सफल भएको जानकारी गराइएको छ ।  कक्षा १२ सम्म सञ्चालन भइरहेको उक्त स्कुलमा हाल ९ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।