add

बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

Swoniga Online – Rosni | २०७८ श्रावण २१, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ।

बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ।

इसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएको छैन। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले रिचार्ज नहुने समस्या आएकोले समाधानका लागि प्रयास भइरहेको बताए।

कार्डबाट रिजार्च भइरहेको छ। विद्युतीय माध्यमबाट रिचार्ज गर्ने हाम्रो इक्युपमेन्टमा समस्या आएको हो। समाधानका लागि प्राविधिकहरूले काम गरिरहेका छन्, उनले भने।