बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत आर्थिक

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा भोलि (भदौ १५ गते, मंगलबार) सम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज थियो । तर आज सार्वजनिक बिदा परेको हुनाले मंगलबार बैंकिङ्ग समयपश्चात् मात्र बिक्री बन्द गरिन लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । कम्पनीको आईपीओमा ईसेवाबाट पनि आवेदन दिन सकिनेछ । 

ईसेवाबाट आवेदन दिनका लागि यसो गर्नुहोस् :
१) ईसेवा खोलेर BBHCL - IPO (Nuwakot Only) मा थिच्नुहोस् ।

२) नुवाकोटबासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहोस् ।

३) आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । 

४) प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।