add

भीडभाड, सभा, जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अपिल

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको पाइए कानून बमोजिम कार्वाही गर्ने जनाएको छ ।

पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बिरामीको चाप बढेको भन्दै प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराएको छ ।

प्रशासनले आजदेखि सार्वजनिक स्थानको अनुगमन गर्दै मास्क नलगाउने र सामाजिक दूरी पालना नगर्नेलाई कार्वाही अभियान थालेको छ । सहायक सीडीओको संयोजकत्वमा अनुगमन थालिएको हो ।

जारी निषेधाज्ञा बुधबार मध्यरातमा सकिँदैछ । थप कडाइसहित निषेधाज्ञा लम्ब्याउने तयारीमा उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरिरहेका छन् ।