भोलिबाट मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ कित्ता आईपीओ सार्वजनिक हुँदै

Swoniga Online – Rosni | २०७८ आषाढ १६, बुधबार वर्गीकृत आर्थिक

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता बराबरको आइपिओ सार्वजनिक गर्दै छ ।  कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि गरी एक सय रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । 

जसमध्ये, ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको कम्पनीले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको हो ।  सोही ६३ हजार ४९२ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । आवेदन भने असार १७ गते देखि असार २१ गतेसम्मलाई खुल्ला गरिनेछ । यद्यपि, सो अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् भने कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।