मन्त्रिमण्डललाई पूर्णता दिन सहमति, के–के विषयमा भयो छलफल ?

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत राजनीति

काठमाडौं – सत्तारुढ गठनबन्धनले केही दिनमै मन्त्रिमण्डललाई पूर्णता दिने समझदारी गरेको छ । 

कांग्रेस नेता पूर्णबहादुर खड्काले बजेट, संसद् बैठक, सरकार विस्तार र अध्यादेबारे छलफल भएको जानकारी दिए । ‘बजेट परिमार्जनका विषय पनि उठेका छन् । यसका लागि अर्थमन्त्री संसदीय दलका पदाधिकारीसहितसँग बसेर छलफल गर्ने र प्रस्ताव तयार गर्ने भन्ने भएको छ । यो विषयमा विभिन्न मोडलबारे छलफल भएको छ’ खड्काले भने, ‘सरकार विस्तार भने चाँडो गर्ने भन्ने भएको छ ।’

नेकपा एकीकृत समाजवादीका नेता डा। विजय पौडेलले पनि तीन दिन भित्रमा मन्त्रीमणडलले पूर्णता पाउन सक्ने बताए । ‘अब मन्त्रिमण्डललाई रोकेर राख्न नहुनेमा प्रधानमन्त्रीेले नै जोड दिनुभएको छ’, पौडेलले नेपालवाचसँग भने, ‘अबको दिनभित्र बिहीबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको भनाई छ ।’

सत्तारुढ गठबन्धनका नेताहरूले अब मन्त्रिमण्डल विस्तारमा ढिलाइ गर्न नहुने सुझाव दिएका थिए । उनीहरूको सुझावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलो भए शुक्रबार नत्र बिहीबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने जानकारी बैठकलाई गराएका थिए । 

सरकारमा कांग्रेसले ७, माओवादी, नेकपा ९एस० र जसपाले ५(५ मन्त्रालय लिने मोटामोटी समझदारी भएको छ । तर, कुन दलले कुन मन्त्रालय लिने र कसलाई जिम्मेवारीमा पठाउने भन्ने शीर्ष नेतृत्वले टुंग्याउने समझदारी पनि गठबन्धन दलबीच बनेको जानकारी पौडेलले दिए । 

बजेट सच्याउन माग

बैठकमा एमालेबाट टुक्रिएर बनेको नेकपा ९एस०का नेताहरूले यस अघिको सरकारले ल्याएको बजेट सच्याउन माग गरेका थिए । ‘कतिपय कुरामा बजेट उल्टो आएको छ । कतिपय विषय जनविरोधी छन्’ पौडेलले भने ।

त्यसैले, कानुन बनाएरै भए पनि बजेटका गलत विषयलाई सच्याउन आफूले सुझाव दिएको जानकारी उनले दिए । यसअघिको सरकारले ढुंगा, गिटी र बालुवाको निर्यात गर्ने निर्णय गरेको भन्दै यसलाई सच्याउने विषयमा पनि बैठकमा छलफल भएको बुझिएको छ ।

साथै नाराणघाटदेखि बुटवलसम्मका १४ वटा पुलमा क्षति भएको भन्दै छिटो मर्मत गरी आवागमनलाई सहज बनाउने विषयमा पनि कुरा उठेको छ । जनविरोधी विषय सुधार्न, बजेटको धेरै हिस्सा कोभिडमा केन्द्रित गर्नेबारे पनि छलफल भएको जानकारी पौडेलले दिए ।