महन्थ ठाकुरको रिटको सुनुवाई न्यायाधीश राउतको इजलासमा

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत राजनीति

जनता समाजवादी पार्टी (जसपा)का ‘नेता’ महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ ।