add

महाराजगञ्ज वितरण केन्द्र क्षेत्रहरुमा आज बत्ती

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत स्थानीय-समाज

काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यस्तै आज प्रदेश-२ को जनकपुरमा रहेको राजविराज वितरण केन्द्रअन्तर्गतका फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाइन काटिँदै छ । 

यो वितरण केन्द्रअन्तर्गतका फिडरमा ३३ केबी क्षमताको लाइनको काम गर्न लागिएको हो ।