add

महिला पत्रकार सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत राष्ट्रिय

विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहडा(दक्षिणी २०७५ ज्येष्ठ ९ गते) र तिब्बती मोहडा (उत्तरी २०७६ ज्येष्ठ ९ गते) दिन आरोहण गर्न सफल ललितपुरकी पत्रकार कल्पनाले विश्वको पहिलो महिला पत्रकार सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी छिन् ।

उनले सन् २०१९ मे २३  (उत्तरी २०७६ ज्येष्ठ ९ गते) का दिन शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियानको उद्घोष सगरमाथाको शिखरबाट गरेका थिए ।

सगरमाथा आरोही कल्पना महर्जनलाई बुधवार ललितपुर महानगरपालिकाले नगर प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्ल्ड बुक अफ नेपालका अध्यक्ष सागर कटवालले संयुक्त रूपमा विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पूर्वराष्टिपति रामवरण यादवले कल्पना नेपाल र नेपालीको लागि गौरव भएको बताए । शिक्षा मार्फत बालबिवहा  रोकथामको लागि कल्पनाले गरेको कामको प्रशंसा गर्दै उनले वातावरण संरक्षणमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले भने, ग्लोबल वार्मिड.ले हिमालहरू पंग्लिदै गएर काल पत्थर हुँदै गएका छन् । हिमालको हिउँ जोगाउन के गर्न सकिन्छ, त्यस तर्फ काम गर्नु अत्यावश्यक छ ।

 सगरमाथा आरोही कल्पना महर्जनले सबैको सद्भाव, शुभेच्छा र सगरमाथा आरोहण व्यवस्थापन ऐक्स्पेरियन्स आउटसोर्स नेपालको कुशल ब्यवस्थापनले मात्र सफल आरोहण सम्भव भएको बताइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरे पनि सामाजिक सगरमाथा चढ्न कठिन भइरहेको बताइन । उनले ललितपुरको सामुदायिक विद्यालय शिक्षा र बालबिवहा विरुद्ध काम गरिरहेको जानकारी दिइन् ।

त्यसै गरी ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरकी चेली कल्पनाले हिमाल चढेर विश्वमा नेपाल र ललितपुरको नाम उच्च बनाएको बताए । उनले ललितपुर महानगरपालिकाको खुल्ला क्षेत्र र हरियालीको लागि पार्कहरू निमार्ण गरिरहेको बताए । उपप्रमुख गीता सत्यालले महिलाले अवसर पाए चुनौतीपूर्ण भनिएका काम गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण कल्पना महर्जन भएको बताइन् । सगरमाथा चढेर कल्पनाले ललितपुरलाई विश्व सामु चिनाएको उनले दाबी गरिन् ।