add

माघ २० गते युवा सम्मेलन गर्दै नेकपा (एमाले)

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १८, बिहिबार वर्गीकृत राजनीति

काठमाडौं/ १८ माघ, नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले यही माघ २० गते शनिवर  काठमाडौंको  टुँडिखेलमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले  बिहान १० बजे उक्त कार्यक्रमको उद्घाटन गर्ने तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। देशव्यापी रुपमा समेत संचालन गर्ने उक्त कार्यक्रमको मुख्य नारा "समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति" भन्ने रहेको जानकारी गराइएको छ ।  युवाहरुमा सामुहिक हीतका साथै देशप्रेमकाे भावना जागृत गराउनु रहेको नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन्।

नेपालमा युवा रोजगारी तथा उधमशिलता सम्बन्धमा प्रकाश श्रेष्ठ,नेपाली सेयर बजार र युबा लगानी सम्बन्धमा सुरेश  देवकोटा,मनोसामाजिक स्वाश्थ्य र युवा सम्बन्धमा प्रा चन्द्रकला शर्मा ,युवा र सडक सुरक्षा सम्बन्धमा प्रतिक्षा केसी, युवा र शिक्षा सम्बन्धमा धर्म गिरि ,युवा र राजनीति सम्बन्धमा क्षितिज थेवे ,जलवायु परिवर्तन र युवा सम्बन्धमा अमृत देवकोटा तथा युवा पुस्ता र महिला नेतृत्व सम्बन्धमा ऋतु भट्टराईले आफ्नो प्रस्तुति दिने बताइएको छ । युवा लक्षित बिभिन्न क्षेत्रमा क्रियाशील युवा तथा अन्य समुदायका व्यक्ति व्यक्तित्व , संघ संस्थाहरु लगायत सम्पूर्णलाइ कार्यक्रम सहभागी हुन एमाले काठमाडौंले अनुरोध गरेको छ ।