माधव नेपालको साथ छाडेका नेताहरु केपी ओली भेट्न बालकोट पुगे

Swoniga Online – Rosni | २०७८ भाद्र ७, सोमबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमाले एकता गराउन लागिरहेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । पार्टी एकता गराउन भन्दै माधव नेपालको साथ छाडेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ओलीसँग निर्णायक छलफलका लागि सोमबार बालकोट पुगेका हुन् । 

उनीहरु अध्यक्ष ओलीसँग १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न त्यहाँ पुगेको बताइएको छ । यसअघि आइतबार पनि ती नेताहरुले स्थायी कमिटी बैठकपछि केपी ओली निकटका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए । 

उक्त छलफलमा १० बुँदे सहमति कार्यन्वयनको जिम्मा पोखरेलले लिएका थिए । पोखरेलले  केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकालेकार्यान्वयनमा समस्या नहुने पनि नेताहरुलाई बताएका थिए ।