माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता

Swoniga Online – Rosni | २०७८ भाद्र १, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो । 

भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन । नेपालले बामदेवसँगको भेटपछि सांसद तुलसा थापालाई पनि भेट गरेका छन् । यसअघि नेपालले सिंहदरबारमा साउन ३ मा प्रधानमन्त्री देउवालाई मत दिँदा तटस्थ बसेका एमाले सांसदहरूसँग छलफल गरेका थिए ।

दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुन लागेको चर्चा भइरहेका बेला माधव नेपालको सक्रीयता अर्थपूर्ण मानिएको छ ।