मौद्रिक नीति सार्वजनिक : उपभोक्ता मुद्रा स्फिति ६.५० % मा सीमित राखिने

Swoniga Online – Rosni | २०७८ श्रावण २९, शुक्रबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८र  ७९ को लागि  शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

उनले उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने बताएका हुन् ।केन्द्रीय बैंकले सरकार परिवर्तनका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई गरेको हो ।

राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी मौद्रिक नीति बनाइएको बताएको छ ।