add

यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !

Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत राष्ट्रिय

विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस्

चीनमा कोरोनाविरुद्धको  एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ भने अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ ।

त्यस्तै ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज खोप लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ भने जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज खोप लगाइएको छ ।

पोल्याडमा ६ करोड ७ लाख ५९ हजार ७४४ डोज खोप लगाउँदा फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज खोप लगाइएको छ । यसैगरी टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज खोप लगाइएको छ भने इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज खोप लगाइएको छ ।