add

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत राजनीति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।

बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो। उक्त अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।

यो अध्यादेश जारी भएसँगै जसपाको आधिकारिकता पाउन वञ्चित नेता महन्थ ठाकुरलाई नयाँ पार्टी खोल्न सजिलो हुने भएको छ।

त्यसैगरी विभाजनको सँघारमा रहेको नेकपा एमालेमा पनि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ता गर्न सक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।