add

राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक जना पक्राउ

Swoniga Online – Rosni | २०७८ श्रावण १०, आइतबार वर्गीकृत राष्ट्रिय

झापा । राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बर्मेली टोल निवासी ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ ।

घिमिरेले केही दिन अघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । 

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइवर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानि र साइबर क्राईम अन्तर्गत उजुरी परेको थियो । 

प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइवर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँ पठाइसकेको छ । पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ ।