add

राष्ट्रियसभामा निर्वाचित बस्नेतलाई पार्टी जिल्ला कार्यसमितिले गर्याे सम्मान

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत राजनीति

ललितपुर/ २० माघ, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले नवनिर्वाचित राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतलाई सम्मान गरेकाे छ । विहिबार एक कार्यक्रम गरि यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाकाे निर्वाचनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन सफल भएकोमा बस्नेतलाई सम्मान गरेको हाे । बस्नेत नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

सम्मान संगै माघ १६ गतेबाट सुरु भएको समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस ललितपुर क्षेत्र नं.३ प्रदेश ख को आयोजनामा आयोजित सम्मान तथा संगठन सुद्धिकरणका लागि परिकल्पना बिषयक समिक्षा समेत सम्पन्न भएको छ ।

ललितपुर क्षेत्र नं.३ प्रदेश ख का सभापति सुरेन्द्र डंगोलकाे अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, उपसभापति सुदर्शन घिमिरे, जिल्ला सचिव तथा प्रशिक्षक वशिष्ठ कुमार अधिकारी, ३ नं क्षेत्रीय सभापति महेश्वर थापा, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, बाग्मती गाउँपालिका अध्यक्ष बीरबहादुर लाेप्चन, महालक्ष्मी नगरसभापति दिवाकर सिल्वाल, महासमिति सदस्य माेदती केसी, प्रमिला महर्जन, नवराज महत, गीता सत्याल, जिल्ला सदस्यहरु राजकुमार थापा, सुभद्रा पराजुली, दुर्गा भण्डारी लगायत नेता तथा कार्यकर्ताहरूकाे बाक्लाे उपस्थिति रहेको नेपाली कांग्रेस ललितपुरका सूचना प्रविध संयाेजक उपेन्द्र अर्यालले जानकारी गराउनु भयाे।