ktm
Header Bottom

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले राजिनामा दिने घाेषणा

Swoniga Online – Rosni | २०७८ श्रावण १०, आइतबार वर्गीकृत खेलकुद

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजीनामा दिन लागेको उनले बताएका छन्।

‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले भनेका छन्।

राजीनामाको घोषणा गर्दै अल्मुताइरी नेम्वाङलाई सोधेका छन्, ‘अब तपाईँ खुशी हुनु भयो होला नि?’

Detail page ad