add

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

Swoniga Online – Rosni | २०७८ श्रावण १४, बिहिबार वर्गीकृत राजनीति

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल रहेका थिए । देउवा नेतृत्वको सरकार आएसँगै कँडेललाई हटाएर पौडेललाई नियुक्त गरिएको हो ।