विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत विश्व

दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ ।

कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन ।   

कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । 

दक्षिण कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनिकोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैले विदेशी नागरिकलाई कोरोना परीक्षणको लागि मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।

मन्त्रालयको पत्रपछि दूतावासले कोरियामा कार्यरत सबै श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।