विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत अपराध

सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । त्यसविरुद्ध सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत ४ फागुनमा बसपार्कबाट पक्राउ परेका थिए ।

सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइए पनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएको थियो ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिशे शव जलाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरार आएको थियो ।