add

विप्लवले भेटे ओलीलाई, अब छिट्टै प्रधानमन्त्री देउवालाई पनि भेट्ने

Swoniga Online – Rosni | २०७८ श्रावण ५, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । विप्लवले आज विहान अध्यक्ष ओलीको भक्तपुरस्थित् बोलकोट निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

त्यस्तै, यसअघि ओली प्रधानमन्त्री हुँदा सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको लागि पहल गरिदिन पनि विप्लवले जोड दिएको बुझिएको छ ।

यसअघि विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)कै वरिष्ठ नेता माधव कुमार नेपाल, मोहन बैद्य र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेकाहरुसँग भेटवार्ता गरिसकेका छन् । उनले अब छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।