विमला र अजयलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

Swoniga Online – Rosni | २०७८ भाद्र ७, सोमबार वर्गीकृत राजनीति

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको छ । प्रदेशसभामा विवास्पद रुपमा रहेका दुई सांसदलाई कारबाहीको माग राख्दै उसले प्रदेशसभा अवरुद्ध गरेको हो ।

एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न भनी पटकपटक गरेको आग्रह प्रदेश सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेका सांसदहरु नाराबाजीमा उत्रिएका हुन् ।

तर सभामुख घर्तीले भने उनीहरु एमाले नै रहेको भन्ने प्रमाण नपुग्ने भएर एमाले संसदीय दलले गरेको कारबाही मान्य नहुने निर्णय गरेका छन् । उता नेकपा माओवादी केन्द्रले भने ती सांसदहरु आफ्नो दलका रहेको भन्दै एमालले कारबाही गर्नु आपत्तिजनक रहेको बताएको छ ।

तर एमाले भने जसरी पनि ती सांसदहरुलाई पदमुक्त गराउन चाहन्छ । उनीहरुलाई सभामुखले पदमुक्त नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिने उसको अडान छ ।

एमालेको अवरोधकै बीच नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेको बुझिएको छ । मुख्यमन्त्री केसीको पक्षमा बहुमत पुग्न नदिने रणनीतिअनुसार नै एमालले ती दुई सांसदलाई कारबाही गर्न माग गरेको हो । यसले प्रदशेसभामा मुठभेडको स्थिति निम्तिएको बताइएको छ ।