विवाद निरुपणका लागि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत राजनीति

क्रियाशील सदस्यता विवाद निरुपणका लागि कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयले जानकारी दिएको छ।

क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते नै पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ

तर समितिले सहमति गर्न नसकेको क्षेत्रको विवाद मिलाउने जिम्मा पदाधिकारी बैठकले शीर्ष तीन नेता सभापति देउवा, नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएको थियो।