शेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्ब २५ करोडको कारोबार

Swoniga Online – Rosni | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५८ प्रतिशतले बढेको छ ।  

 त्यस्तै, आज रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब भन्दा बढीको कारोबार भएको छ ।