add

शेयर बजार खुलेको १५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?

Swoniga Online – Rosni | २०७८ श्रावण १३, बुधबार वर्गीकृत आर्थिक

आज बुधवार शेयर बजार खुलेको १५ मिनेटमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स र मल्टीपर्पस फाइनान्सको

शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य प्रतिकित्ता रू। ६३७.६० र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू। ५३४.७० पुगेको छ ।