शेयर बजार ६९ अंकले बढे

Swoniga Online | २०७८ माघ २, आइतबार वर्गीकृत आर्थिक

आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो । 

आज कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ । 

त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होटल साढे ५५ अंकले, वाणिज्य बैंक समूह साढे ३९ अंकले बढेको छ । 

आज एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।