add

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिको टोली भारत भ्रमणमा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १७, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ १७ माघ, संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिको  टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् । सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।