सभापतिमा आफ्नो पक्षको साझा उम्मेद्वार तय गर्न रामचन्द्र पौडेलले डाके बैठक

Swoniga Online – Rosni | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको छ। १४औं महाधिवेशनको मूल प्रक्रिया सुरु हुनुअघि पौडेल पक्षले बैठक बोलाएको हो। 

एक नेताका अनुसार बैठक आज दिँउसो १  बजे पौडेल निवास बोहोराटारमा बस्नेछ। बैठकमा महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

पौडेल पक्षबाट सभापतिका धेरै आकांक्षी छन्। स्वयं पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु शेखर कोइराला लगायत सभापतिका आकांक्षी छन्। आकांक्षीहरुका बीचमा सहमति जुटाएर साझा उम्मेदवार चयन गर्न पौडेल पक्षले प्रयास गर्दै आएको छ। कांग्रेस महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म हुँदैछ।