add

समाचार स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, तोकियो परीक्षा केन्द्र

Swoniga Online – Rosni | २०७८ श्रावण ३२, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।

परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड-१९ संक्रमणका कारण स्थगित भएको थियो। परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार असारमा स्थगित परीक्षा अब भदौमा हुने भएको हो। उनका अनुसार परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने छ।

परीक्षामा भाग लिन चाहनेले साउन ३२ गते राती १२ बजेसम्म आवेदन दिन सक्नेछन्। परीक्षाका लागि हालसम्म ७ सय भन्दा बढीले आवेदन दिइसकेका छन्। 

हेरौं सूचना