समाजसेवी अजरमान जोशीलाई मातृशोक

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ भाद्र २७, आइतबार वर्गीकृत स्थानीय-समाज

समाजसेवी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलाई मातृशोक परेको छ ।

उहाँकी आमा रमादेवी जोशीको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।स्वर्गीय जोशी उच्चरक्त चाप र मधुमेहले गर्दा सामान्य बिरामी हुनुहुन्थ्यो।

जोशीको पार्थिव शरीरलाई दिउँसो पशुपतिस्थित आर्यघाटमा धार्मिक विधिपूर्वक दाहसंस्कार गरियो।

स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका कान्छो छोरा अमरेश जोशीले दागबती दिनुभएको थियो।स्वर्गीय जोशीका पति अमरमान जोशी र छोेरा अजरमान जोशी, अरुमान जोशी गरी तीन छोरा रहेका छन्।