सम्पदा र संस्कृतिमा काठमाडौं महानगरपालिकाको कीर्ति

Swoniga Online | २०७८ आश्विन ६, बुधबार वर्गीकृत राजनीति

स्वनिगः अनलाईन, ललितपुर ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण     रुपमा अन्त्य भएको बताउनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको अन्र्तक्रिया  कार्यक्रमममा उहाँले सो कुरा बताउनुभएको छ । वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्री हुनुभएकोमा डा. अजयक्रान्ति शाक्यलाई स्वागत र संस्कृति सम्पदा संरक्षणमा प्रदेश र स्थानीय तहको भूमिका विषयमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको थियो ।

महानगरपालिकामा जनप्रतिनिधि आएपछि भाषा, संस्कृति र सम्पदा संरक्षणको विषयलाई उच्च प्राथमिकता राखी बजेट विनियोजित गर्दै आएको बताउँदै मेयर शाक्यले भन्नुभयो ‘ रकम अभावका कारण संस्कृति, सम्पदा संरक्षण नहुने, कुनै नाच पर्व बन्द हुने , सम्पदा जीर्ण अवस्थामै राखिराख्नुपर्ने स्थिति गुठीयार, संस्कृतिकर्मीले भोग्नुपर्ने अवस्था अब छैन ।’

महानगरपालिकाले संस्थागत र निजी विद्यालयमा एउटा विषयको नेपाल भाषाको माध्यम र विषयको पढाई अनिवार्य गरेको, नेपाल भाषा मंकाः खलको दबू छेँ भवन निर्माण, कयौं बौद्ध विहार, महाविहार, क्वापाद्य, पाटीहरु निर्माण अर्मूत संस्कृतिको संरक्षण संस्कृति क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उदाहरणहरु रहेको पनि मेयर शाक्यको भनाई रहेको छ । मेयर शाक्यले जनमानसमा भ्रम फैलाउने                                                                                                                    उतेजित तुल्याउने उद्देश्यले समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह गर्दै मेयर शाक्यले तथ्यमा आधारित सूचना, दोहोरो जाँच गरी मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।दुई वर्ष अघि इन्द्रजात्राको अवसरमा विदेशी मेयरहरु बोलाएर इन्द्रजात्राको महत्वलाई अन्र्तराष्ट्रियस्तर बुझाउने, सांस्कृतिक पर्यटक प्रर्वद्धनको सम्भावनाको संकट दिएको पनि मेयर शाक्यले बताउनुभयो ।

सो अवसरमा वाग्मती प्रदेशका आन्तरिक मामिला मन्त्री डा. शाक्यले भाषा, संस्कृति संरक्षण गर्नुपर्ने एजेण्डालाई बोक्दै राजनीतिक यात्रा शुरु गरी यहाँसम्म आइपुगेको चर्चा गर्दै वाग्मती प्रदेशले सो सवालमा महत्वपूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेपालको संघीयताको अभ्यासलाई परिपक्व बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउँदै मन्त्री शाक्यले भन्नुभयो ‘ महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षणमा धेरै काम गरेको छ । यसलाई स्थापित गर्दै अरु स्थानीय तहले पनि यसको अनुशरण गर्न सकिने छ । स्थानीय तहलाई अझ बलियो बनाउन प्रदेशले सहजीकरणको भूमिका निर्वाह गर्ने छ ।’

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मेयर शाक्यले संस्कृति सम्पदा संरक्षणमा स्थानीय तहले कसरी र कुन रुपमा भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा महानगरपालिकाले एउटा बलियो उदाहरण स्थापित गरेको धारणा राख्नुभयो ।अध्यक्ष बज्राचार्यले भाषा, संस्कृति, सम्पदा संरक्षणमा महानगरपालिकाको भूमिका ऐतिहासिक कार्यको संज्ञा दिनुभयो।उहाँले प्रदेश सरकारले मातृभाषाको पत्रकारिता, समावेशी सञ्चारको लागि गर्नुपर्ने विषयमा मन्त्री शाक्य समक्ष ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

सो अवसरमा कार्यक्रमका संयोजक समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषाको माध्यमबाट पढाईने नीति लागू गरी युगान्तकारी महत्वको काम गरेको धारणा राख्नुभयो ।‘ यसबाट सांस्कृतिककर्मी, भाषिक अभियन्ता र मातृभाषा विषयमा पढाउनुपक्षमा दशकौंदेखि अभियान सञ्चालन गर्दै आएका सबैको संवेदनशीलतामाथि कदर भएको छ   । ‘यो कार्य देशका ७ सय ५३ वटै स्थानीय तहले आफ्नो क्षेत्रमा बाहुल्य रहेको भाषालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने नजिर पनि हो ।’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।