add

सरकारमा सहभागी हुँदै जसपा, साउन १० पछि मात्र मन्त्रीको टुंगो लाग्ने

Swoniga Online – Rosni | २०७८ श्रावण ५, मंगलबार वर्गीकृत राजनीति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुन् विभिन्न छलफल गर्दै आएको जसपाका उपेन्द्र पक्षका नेताहरु साउन १० पछि मात्र सरकारमा सहभागी हुने बताएका हुन् ।

सरकारमा कसरी सहभागी हुने तथा कोको मन्त्री बन्ने भन्ने विषयमा साउन १० पछि मात्र निर्णय हुने एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकामा सहभागी हुने विषयमा आज बिहान एमाले नेता माधव निवास कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका उपेन्द्र यादवबीच छलफल भएको थियो । जसपाको दुवै पक्षले देउवालाई विश्वासको मत दिएको थियो ।