add

सशस्त्र प्रहरी जवान मृत फेला

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत राष्ट्रिय

कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुरा भागेश्वर गाउपालिका–१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।