साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि

Swoniga Online – Rosni | २०७८ आषाढ २०, आइतबार वर्गीकृत आर्थिक

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रवार यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । 
 यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।