साताको शुरुको दिन शेयर बजारमा उछाल, नेप्सेमा ९७.२१ अंकको बृद्धि

Swoniga Online – Rosni | २०७८ श्रावण ३, आइतबार वर्गीकृत आर्थिक

काठमाडौं । साताको पहिलो दिन (आइतवार) शेयर बजारमा तीव्र उछाल आएको छ । आज शेयर बजार ९७।२१ अंकले बढेर नेप्से २९८०।६१ बिन्दुुमा पुगेर कारोबार बन्द भएको छ ।

बिहीवार १ सय ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा जम्मा ८ कम्पनीको मात्र गिरावट आएको थियो । एक कम्पनीको शेयर मूल्य भने घटबढ भएन । पछिल्लो केही समययता बढ्न नसकेको बजार आइतवार एक्कासि उकासिएको हो ।

यसक्रममा आज २ सय २१ वटा कम्पनीले ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरको कारोबार गरेका छन् । आज कूल २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज १ लाख १६ हजार २ सय ९४ पटक कारोबार भएको नेप्सेले जनाएको छ । पछिल्लो एक सातायता कारोबार रकम ४र५ अर्बमा खुम्चिएको थियो ।

कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स लिमिटेडको शेयर सबैभन्दा बढी मूल्य ४० करोड ९९ लाख ७५ हजार १४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । यस्तै नबिल बैंकको ३८ करोड ६१ लाख ६७ हजार ४८४ रुपैयाँ बराबरमा शेयर कारोबार भएको छ ।

यस दिन सबै समूहहरूको उपसूचकहरू सकारात्मक छन् । जसमध्ये विकास बैंक समूहतर्फ सबैभन्दा बढी ५।०५ प्रतिशतको वृद्धि भएको छ । यसपछि बैंकिङको ४।७१ प्रतिशतको वृद्धि भएको छ । आज आइतवार ४ कम्पनीहरूको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।