सामाजिक काम र संगठनको बल नै चुनाव जित्ने मुख्य आधार जीवन मानन्धर

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ कार्तिक २२, मंगलबार वर्गीकृत राजनीति

जीवन मानन्धर काठमाडौं  क्षेत्र नं ७ (१) बाट प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) सूर्य चिन्ह लिएर चुनावी अभियानमा होमिनुभएको छ ।

जनतामा भिजेर आफूले गरेका सामाजिक काम र संगठनको बल नै चुनाव जित्ने मुख्य आधार रहेको भन्दै मानन्धर चुनाव अभियानमा सक्रिय भएर लागिरहनुभएको हो । 

२०३८ सालदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका मानन्धरले कुमारी क्लबको अध्यक्ष हुँदै पछि सल्लाहकार, म्हेपी मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुनुहुन्छ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वडा नं १६ र १९ को सल्लाहकार समेत रहनुभएका मानन्धर र नेपाल निर्माण व्यवसायी महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । २०४९ सालमा पार्टी प्रवेश गरेका मानन्धर यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका– १६ वडाका वडा सदस्य हुनुहुन्थ्यो ।

मानन्धरको प्रतिस्पर्धा वाग्मती प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री वसन्त मानन्धरसंग हुनेछ । नेकपा (एमाले) बाट उम्मेदवारी दिएका मन्त्री मानन्धर अहिले सत्तागठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार हुनुहुन्छ । ‘ यस अघि उहाँले सूर्य चिन्ह लिएर चुनाव जित्नुभएको हो।अहिले सूर्य चिन्ह लिएर म चुनावी प्रतिस्पर्धामा उत्रिएको छु ।चुनाव जित्ने एउटा मुख्य यही हो।अर्को आधार हो,सामाजिक क्षेत्रमा मेरो क्रियाशील र जनसम्पर्क ।’ उम्मेदवार मानन्धरले भन्नुभयो ।

चुनावी अभियानको क्रममा मानन्धरले आफ्नो क्षेत्रका सामुदायिक र निजी विद्यालयमा विपन्न, लोपोन्मुख जाति र शहिद परिवारका सन्तानलाई निशुल्क पढाउने, स्वास्थ्य र खानेपानीको सहज पहुँच पु¥याउने एजेण्डा अघि सार्नु भएको छ ।

मानन्धरले आफ्नो प्रतिबद्धतापत्रमा नेपाल भाषा, साहित्य, संस्कृतिको संरक्षण, मूर्त र अर्मूत संस्कृतिको संरक्षण र प्रर्वद्धन,फोहोरको व्यवस्थापन, पर्यटकीय उद्योग गर्ने प्रवद्र्धन, महिलाको सशक्तिकरण , बालाजु बाईसधाराको संरक्षण र युवा स्वरोगार, नदीको सरसफाई लगायत विषयहरुलाई प्राथमिकतामा राख्नुभएको छ ।