सुनको तोलामा ९ सय रुपैयाँले घटे
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ १४, शुक्रबार वर्गीकृत आर्थिक

सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।